९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो साताभित्र



काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्षर एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गरेका छन् ।

सबैपक्षको बहस सकिएपछि अब सबैको ध्यान सर्वोच्चमा गएको छ । सरकार पक्षले प्रतिनिधिसभा विघटन गरिएको कार्य संविधानसम्मत छ भन्ने जिकिर गरिरहेको भने अन्य पक्षले सरकारको कार्य गैरसंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने दाबी गरिरहेका छन् ।


गत माघ ४ गतेबाट भएको बहसमा रिट निवेदकको तर्फबाट ७२ जना कानुन व्यवसायीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने गरी आफ्नो भनाइ राखेका थिए । महान्यायाधिवक्ता, सरकारी वकिल तथा प्रधानमन्त्रीका कानुन व्यवसायीहरु गरी ४९ जनाले सरकारी कार्यको प्रतिरक्षा गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ७ : ४१ बजे