काठमाण्डौ ।
चीनले लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष भएको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ । चीनले पहिलोपटक गएको वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ । लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो
झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।
नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।
यस घटनामा अझ धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।
७ फाल्गुन २०७७ शुक्रबार ००:००
68
Shares
प्रतिक्रिया