काठमाडौँ ।
संसद विघटन विरुद्ध परेका १३ वटा रिटहरुको बहस आज (शुक्रबार) सकिँदै छ। शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बहस सकिने छ। गत पुष ५ गते संसद विघटन भएको घोषणामा मुद्दा परेपछि संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रीय भएर बहस सुन्दै आएको थियो।
रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने पछिल्लो सोमबारदेखि एमिकस क्युरीले बसह गर्दै आएका छन्। यसअघि सर्वोच्च बारबाट एमिकस क्युरीका रपमा गएका बद्रीबहादर कार्की र सतिशकृष्ण खरेलले बहस गरिसकेका छन् भने बिहीबार सर्वोच्च बारबाट गएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका थिए।
आज संग्रौलाले बहस गरेसँगै संसद विघटन मुद्दाको बहस सकिने छ । संसद विघटन सदर हुने वा बदर हुने फैसलाका लागि भने एक हप्ता कुर्नु पर्ने छ। फैसला अर्को हप्ता मात्रै सुनाउने तयारी गरिएको सर्वोच्च श्रोतले बतायो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा भंगको घोषणा गरेकी थिइन्।
प्रतिक्रिया