९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थीद्वारा विरोध प्रदर्शन



काठमाण्डौ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बिहान ९ बजेपछि प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहीबेर गाडीको आवागमन प्रभावित भएको थियो । अहिले भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अनेरास्ववियुले दिउँसो १ बजे आयल निगमको कार्यालय बबरमहलमा पनि प्रदर्शन गर्ने जनाएको छ । निगमले हिजोदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो । बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ । एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७ बिहिबार ००:००  १२ : २७ बजे