९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अवहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री सर्वोच्चमा



काठमाडौँ ।

अदालतको अवहेलना सम्बन्धी मुद्दा खेपेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत गएका छन् । प्रधानमन्त्री ओली आएका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकारलाई समेत अदालतभित्र जान दिइएको छैन ।
गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाई जारी रहेकै बेला प्रधानमन्त्री ओलीले संविधानमा संसद पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।
रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।
त्यसको सुनुवाई गर्दै आदालतले लिखित जवाफ दिन भनेको थियो । सोही अनुसार जवाफ पेश गर्न गएका हुन् ।
यसअघि गएको सोमबार चार पूर्व प्रधानन्यायाधीशले सोमबार आफै उपस्थित भएर जवाफ पेश गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७ बिहिबार ००:००  १२ : २० बजे