मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना कहरको त्रास कायमै रहे तापनि कपिलवस्तु जिल्लाको केन्द्र मानिने बाणगंगा नगरपालिकामा नयाँनयाँ ब्यवसाय खुल्ने क्रम रोकिएको छैन । मुख्यगरी नगरको चारनम्बर क्षेत्रमा नयाँनयाँ पसल र व्यवसाय थपिएको थपियै छन् ।
यसैक्रममा चार नम्बरमा विविध सेवासहित सुपर मार्ट पनि थपिएको छ । फ्रेसवे मेघा मार्ट प्रालीमार्फत् चार नम्बरमा फ्रेस वे सुपर मार्ट संचालनमा आएको हो । ५ महिनासम्म भौतिक पूर्वाधार निर्माण सकेपछि अब फागुन ८ गते शनिबार पसलको उद्घाटन भई कारोबार सुरु हुने प्रालीका अध्यक्ष रामराज शर्माले बताउनु भयो ।
रुपन्देही, नवलपरासी र पाल्पामा मार्ट संचालन आइसकेको भन्दै कपिलवस्तुमा पनि यसको आवश्यकता महसुस भएपछि मार्ट संचालनमा ल्याइएको शर्माले जानकारी दिनुभयो । वातानुकुलित वातावरणमा उपभोक्ताले दैनिक उपभोग्य सबै सामग्री, खाद्धान्ह, नेपाल तथा विदेशमा प्रचलित फलफुल तथा तरकारी, पहाडमा पाइने गेडागुडी, भाँडाकुँडा, कस्मेटिक, गिफ्टका सामानहरु सस्तो दरमा खरिद गर्न सक्ने उहाँले बताउनु भयो ।
उपभोक्ता स्वास्थ्य आफूहरुको प्रमुख लक्ष्य भएको भन्दै कुनै सामान गुणस्तरहिन नहुने संचालक प्रकाश घिमिरे (CA) को भनाई छ । देख्दा महंगोजस्तो लागे पनि उपभोक्ताले बाहिरभन्दा सस्तो दरमै सामान पाउने घिमिरेको भनाई छ ।
स्थानीय स्तरमा उपलब्ध भएसम्म तरकारी तथा फलफुल त्यहीँबाट नै गरिद गरिने र किसानलाई विचौलियाको विगविगीबाट बचाउने पनि आफूहरुको लक्ष्य भएको अर्का संचालक सविन सुवेदीले बताउनु भयो । यो पसल संचालनपछि उपभोक्ताको पसल पसल चहार्नुपर्ने समस्या पनि हल हुने उहाँको भनाई छ ।
बुटवल तथा काठमाण्डौँमा कलेज पढ्ने रुपन्देहीका युवाले यो व्यवसायको सुरुवात गरेका हुन् । १ करोड बढी लगानीमा संचालनमा आएको यो पसलमा स्थानीय स्तरका ८ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको र पछिसम्म कम्तिामा पनि १५ जना स्थानीयलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया