काठमाडौं ।
उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित शाहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आपत्ती जनाएको छ। बुधबार प्रवक्ता नारायण काजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भारतका गृहमन्त्री अमित साहको उक्त धारणाप्रति आपत्ती जनाएका हुन्।
भारतीय गृहमन्त्रीको अभिव्यक्ति नेकपाले कडा विरोध गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। उनले यस अभिव्यक्तीबारे भारत सरकार र अमित शाहले स्थिति स्पष्ट पारिने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। दुई छिमेकी मित्रराष्ट्रहरू बीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित साहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ,ु विज्ञप्तिमा भनिएको छ।
यसअघिनै त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित साहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा भारको प्रमुख प्रतिपक्षी कंग्रेस आईले आपत्ती जनाइसकेको थियो। यस्तै नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय गृहमन्त्रीको भनाईप्रति ध्यानाकर्षण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
गत शनिबार त्रिपुरा गएका बिजेपीका पूर्वअध्यक्षसमेत रहेका शाहले पार्टी बैठकमा भारतका सबै राज्यहरूमा बिजेपीको सरकार बनाइसकेपछि नेपाल र श्रीलंकामा पनि बिजेपी विस्तार गरेर त्यहाँ पनि बिजेपीको सरकार बनाउन चाहेको बताएको देवको भनाइ छ।
ुहामी स्टेट गेस्ट हाउसमा कुरा गरिरहेका थियौं। उत्तरपूर्वी क्षेत्रका पार्टी सचिव अजय जमवालले भारतका धेरै राज्यमा बिजेपीले सरकार बनाएको बताउनुभयो। शाहले अब नेपाल र श्रीलंका बाँकी रहेको जवाफ दिनुभयो,’ देवको भनाइ उद्धृत गर्दै इस्ट मोजोले लेखेको छ, ‘हामीले बिजेपीलाई नेपाल र श्रीलंकामा पनि विस्तार गर्नुपर्छ र सरकार गठन गर्न जित हासिल गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो।’
शाहको तारिफ गर्दै मुख्यमन्त्री देवले उनकै नेतृत्वमा बिजेपी संसारकै ठूलो पार्टी बनेको बताएका थिए। आफूहरूलाई संसारकै पार्टी भन्ने कम्युनिष्टहरूलाई पनि बिजेपीले पछि पारेको उनको भनाइ थियो। विपक्षी पार्टीहरूले बिजेपीको बैठकमा अमित शाहले मुख्यमन्त्री देवले भनेजस्तै कुरा बोलेका हुन् भने के भन्न खोजेका हुन् भनेर स्पष्ट पार्नु पर्ने बताएका थिए।
प्रतिक्रिया