एजेन्सी ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा पिएसजीले बार्सिलोनामाथि ४–१ को जित दर्ता गरेको हो । लियोनल मेस्सीसहितको बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा पिएसजीका लागि केलियन एमबाप्पेले तीन तथा मोइज केनले एक गोल गरे ।
बार्सिलोनाका लागि मेस्सीले एक गोल गरे । २७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरि घरेलु टोली बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।
तर सो अग्रता धेरैबेर टिक्न सकेन । पिएसजीका एमबाप्पेले ३२, ६५ र ८५ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । च्याम्पियन्स लिगमा बार्सिलोना विरुद्ध ह्याट्रिक प्रहार गर्ने उनी मात्रै तेस्रो खेलाडी हुन् ।
केनले ७० औँ मिनेटमा पिएसजीका लागि गोल गरे ।
दोस्रो लेग आउँदो मार्च २० मा पेरिसमा हुनेछ । सो खेलका लागि नेइमार उपलब्ध हुने अपेक्षा छ । नेइमार अहिले चोटका कारण मैदान बाहिर छन् ।
प्रतिक्रिया