काठमाडौं ।
हहाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
बुधवार दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राती प्रदेश नं १, प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया