९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीको असंबैधानिक कदम बिरुद्ध कपिलवस्तु कांग्रेसद्धारा बिरोध सभा



मायादेवी अनलाइन, तौलिहवा ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा बिरोध सभा गरेको छ ।

तौलिहवास्थित बुद्धपद्म माबिको मैदानबाट प्रशासन चोकसम्म ¥याली निकाली ओली सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अतहर कमालले ओली प्रधानमन्त्री भए देखि अधिनायकबाद तर्फ उन्मुख भएको बताए । राज्यको हरेक संयन्त्रमा कब्जा गर्दै ओलीले निरंकुशता ल्याउन उद्धत रहेको उनले बताए ।

असंबैधानिक आयोगहरुमा ओलीले कब्जा गरेर संघीयता नै खारेज गर्न तर्फ लागेको बताए । न्यायलय, निर्वाचन आयोगलाई दबाव दिएर ओलीले सबै क्षेत्रमा कब्जा गर्न खोजेको बताए । ‘ओलीले लोकतान्त्रिक संबिधानलाई नै खारेज गर्न लागेका छन्, त्यसैको बिरोध गरी संबिधानको रक्षा गर्न कांग्रेसले यो कार्यक्रम गरेका हो ।’ उनले भने ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले सिमा नाकामा आवतजावत रोकेर ओली सरकारले जनतालाई अनावश्यक दुःख दिएको बताए । उनले ओलीले जति ठुलो प्रयास गरे पनि असफल हुने. भन्दै अन्तिममा जनता कै जित हुने उनले बताए ।

उनले केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपाले जित्ने भन्दै बुटवलमा भनेको प्रति आपत्ति जनाउदै त्यहाँ कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।

अर्का केन्द्रीय सदस्य राजेश सिंहले ओलीले आफ्नो पार्टीको झगडा मिलाउन नसकेर आफनो स्वार्थका लागि संसद बिघटन गरेको बताए । उनले बर्तमान सरकारले निर्वाचनको नाटक गरेर सत्ता लम्बाउने खेलमा लागेको बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले कम्युनिष्ट सरकारले मुलुकको निशान दिन नसक्ने बताए । ओलीको दुई तिहाई सरकार भष्ट्राचारमा लिप्त रहेको र अहिले आधिकारिक रुपमा बिभाजित नभए पनि शक्ति प्रर्दशनमा लागेको बताए । उनले कांग्रेसले मात्र मुलुकमा स्थिरता र विकास दिने दाबी गरे ।

कार्यक्रममा पूर्वं पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रीय सदस्य इन्दिरा भट्टराई, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेबिसंघका जिल्ला सभापति राकेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

कार्यक्रम पार्टी सभापति आचार्यको अध्यक्षता र प्रकाश घिमिरेको संचालनमा भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७ मंगलबार ००:००  ९ : ३३ बजे