मायादेवी अनलाइन, चारनम्बर ।
दिनहुँ नारीमाथि हत्याहिंसाका घटनाले पश्रय पाइरहदा सरकार मुर्खदर्शक जस्तै बनेको भन्दै कपिलवस्तुका युवा आन्दोलनमा उत्रिएका छन् । कानुनी राज्यमा न्याय हराएको भन्दै युवाहरुले व्यङ्ग्यात्मक रुपमा आइतबार साँझ टर्च बालेर न्याय खोजेका हुन् ।
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले अझै न्याय पाएकी छैनिन् भने स्कूलबाट घर फर्किदै गर्दा भागिरथी भट्टको हालै हत्या भएको छ । भट्टको हत्यारा पनि अझैसम्म पत्ता लाग्न सकेको छैन् ।
पन्त र भट्ट जस्तै अरु बालिकाहरुले पनि न्याय पाउन सकेका छैनन् । सरकारले दोषिमाथि कारबाही गर्न नसकेको भन्दै आक्रोशित युवाहरुले सरकार विरुद्ध विभिन्न नारा लगाएका थिए । एक सय बढी युवाहरुको सहभागीतामा भएको कार्यक्रममा न्यायका विभिन्न प्ले कार्ड बोकेर टर्च बाल्दै न्याय खोजिएको थियो ।
युर्थ यूनिटी वेलफेयर यशोसिएसनका कपिलवस्तु अध्यक्ष लक्ष्मण सापकोटाले युवाहरुको आवाजलाई सामान्य रुपमा नलिन चेतावनी दिनुभयो । दिनहुँ नारीमाथि हिंसा हुँदा पनि सरकार मुर्खदर्शक जस्तै बनेको भन्दै निर्मला पन्त, भागिरथी भट्ट लगायतलाई न्याय दिलाउन किन ढिलाई भएको भन्दै अध्यक्ष सापकोटाले प्रश्न गर्नुभयो ।
‘टर्च बाल्दै, न्याय खोज्दै’ कार्यक्रमका संयोजक सागर बञ्जाडेले बलात्कारीलाई कडा भन्दा कडा सजायको माग स्वरुप यो कार्यक्रम राखिएको बताउँनुभयो । जघन्य अपराध गरेका व्यक्तिलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै आजभोलि देशमा न्याय हराएको हो कि भन्ने अनुभूति भएको बताउनुभयो । हराएको न्यायलाई टर्च बालेर खोज्न यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको बञ्जाडेले बताउनुभयो ।
युवाहरुको कार्यक्रममा एक्यबद्धता जनाउदै नेकपाकी नेतृ जनी बञ्जाडे र कांग्रेस नेतृ विमला गैरेले आजभोलि नारीहरुले आफुहरुलाई असुरक्षित महसुस गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तले अझैसम्म न्याय नपाउनु र हालै हत्या गरिएकी भागिरथी भट्टका हत्यारा पत्ता लाग्न नसक्नु सरकारको कमजोरी रहेको उहाँहरुको भनाई थियो ।
विद्यार्थी नेता तथा सिद्धार्थ क्याम्पसका स्ववियू सभापति सुशील खत्रीले युवाहरुले राखेको कार्यक्रममा आफ्नो पनि ऐक्यवद्धता रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया