९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगामा जारी राष्ट्रिय महिला भलिबलमा आज दोश्रो चरणका खेल, खचाखच दर्शक



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा भइरहेको राष्ट्रिय महिला भलिवल ‘प्रथम हिलवर्ट महिला भलिवल च्यापियन्स २०७७ ’ मा आज दोश्रो चरणका खेलहरु हुँदै छन् ।
हिजो भएका पहिलो चरणका ३ वटा खेलहरु सम्पन्न भएका थिए भने एक खेल नाइट प्रोटेस्टका कारण रद्ध गरिएको थियो ।

हिजो रद्ध होवाङजी न्यू डायमण्ड काठमाण्डौँ र एभरेष्ट माविको खेल अहिले भइरहेको छ । यी २ टिमको भीडन्त सकिएपछि आजै दोश्रो चरणका बाँकी खेल हुनेछन् ।
हिजो भएका तिन खेलमा आयोजक हिलवर्ट, कुँवरवर्ति ‘ए’ र होराइजन स्पोर्ट्स क्लव विजयी भएका थिए । कुँवरवर्तिले शान्ता भलिवल ट्रेनिङ सेन्टर पोखरालाई ३–० को साझो सेटमा पराजित गरेको थियो । यस खेलमा कुँवरवर्तिकी भावना डाँगी वुमेन अफ दि म्याच घोषित भइन् ।

यस्तै हिजोकै अर्को खेलमा आयोजक हिलवर्टले कुँवरवर्ति ‘बी’ लाई ३–० को साझो सेटमा पराजित गर्दा हिलवर्टकी विनिता राई वुमेन्स अफ दि म्याच भइन् । यता अर्को खेलमा होराइजन स्पोर्टस् क्लवले दीप बोर्डिङ बुटवललाई ३–० कै सोझो सेटमा पराजित गर्यो । यस खेलमा होराइजनकी आरती सुवेदी म्यान वुमेन्स अफ दि म्याच घोषित भइन् ।

उनीहरुलाई आयोजक हिलवर्ट इङलिस बोर्डिङ स्कुलका अध्यक्ष दीपक खनालले ट्रफी प्रदान गर्नु भएको थियो । प्रतियोगिता भोलिसम्म चल्ने छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन्
यसैबीच हिजो भव्य रुपमा उद्घाटन सत्र सम्पन्न भएको छ । दर्जनौँ अतिथिकाबीच उद्घाटन भएको सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले कार्यक्रम ऐतिहासिक भएको बताउनु भयो । विद्यालयस्तरबाट राष्ट्रिय प्रतियोगिता आयोजनाले सिंगै कपिलवस्तुको गरिमा बढेको उहाँले बताउनु भयो । अब हरेक विद्यालयले यस्ता कार्यक्रम गर्नु पर्ने र जिल्लामा महिला भलिवलको विकास गर्नु पर्ने उहाँको भनाई छ ।

No description available.


बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरमा यति ठुलो कार्यक्रममा प्रसंसा गर्दै नगरले पनि थप सहयोग गर्ने बताउनु भयो । देशभरका राष्ट्रिय खेलाडीलाई कपिलवस्तु भित्राएर हिलवर्टले निकै राम्रो काम गरेको बताउँदै यसले जिल्लामा महिला भलिवलको विकासमा टेवा पुग्ने बताउनु भयो ।

No description available.

कार्यक्रममा विद्यार्थीले पनि पनि सांगितिक प्रस्तुती दिएर मनोरंजन दिएका छन् । हिजोको खेललाई एक हजार बढी दर्शकले अवलोकन गरेका थिए । हिलवर्टका अध्यक्ष दिपक खनालको अध्यक्षता, विद्यालयका प्राचार्य कमल पौडेलको स्वागतमा सकिएको उद्घाटन सत्रको संचालन पत्रकार चन्द्रकान्त नयौपानेले गर्नुभएको थियो ।

यसैबीच हिजो राति नै खेलाडीको सम्मानमा म्युजिकल नाइट शो गरिएको छ । पोखरा, काठमाण्डौँ लगायतबाट आएका खेलाडीलाई सम्मान गर्न भन्दै आयोजना गरिएको म्युजिकल नाइटमा नेपाल आइडल उत्कृष्ट आठमा पर्न सफल अफसर अली, युवा गायक फ्रोजन थापा लगायतले गीत गाएर झुमाएका थिए । सोही क्रममा विद्यालका शिक्षक मनोज ज्ञवालीको जन्मदिन पनि मनाइएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७ सोमबार ००:००  ९ : २२ बजे