९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस नेतृ गैरे महिला विभागको केन्द्रिय सदस्यमा मनोनित



मायादेवी अनलाइन, जितपुर ।
नेपाली कांग्रेसकी नेतृ विमला गैरे महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । नेपाल श्रमिक संघकी केन्द्रिय अध्यक्ष तथा हिन्दु महासंघकी केन्द्रिय सदस्य समेत रहनुभएकी गरै महिला विभागको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।
नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाद्धारा हस्ताक्षरित पत्रमा गैरेलाई नेपाली कांग्रेस केन्द्रिय महिला विभागको सदस्यमा मनोनित गरिएको हो । लामो समयदेखी पार्टीमा आवद्ध गैरेको योगदानलाई मूल्याङ्कन गर्दै केन्द्रिय महिला विभागको सदस्यामा मनोनित गरिएको जनाइएको छ । गैरे अन्य विभिन्न संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाणगंगा २ राजपुर निवासी गैरेले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै मायादेवीसंग प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई अझ शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ७ : ३७ बजे