९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पौडेलले जिल्ला सभापति भेला बोलाउने भएपछि देउवा गले, बोलाए केन्द्रीय समिति बैठक



काठमाडौं ।
नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाउने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् । फागुन ५ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्नेछ ।

पौडेलले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि सभापति देउवाले चासो नदिएपछि फागुन ५ गते केन्द्रीय कार्यालय सानेपामै जिल्ला सभापतिको भेला बोलाइएको थियो । जिल्ला सभापतिहरूलाई टेलिफोनमार्फत जानकारी गराइसकिएको थियो । “पार्टीको वैधानिकता सकिँदा पनि महाधिवेशन नहुने भयो । अब के गर्ने स् भनेर सभापतिहरूको राय बुझ्ने कुरा छ,” पौडेलनिकट एक केन्द्रीय सदस्यले भेलाको एजेन्डा सुनाउँदै भने, “कांग्रेस केन्द्रीय समितिबाट प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । तर, सभापति देउवा पुनस्स्थापनाको पक्षमा देखिनुभएन । अब कसरी अगाडि जाने रु यी एजेन्डामा छलफल गर्ने तयारी छ ।”

५ गते केन्द्रीय समिति बैठक बोलाइए पनि पौडेल पक्षले भेला नरोक्ने जनाएको छ । फागुन ४ गते जिल्ला सभापतिसँग जुम मिटिङमार्फत धारणा बुझ्ने र सभापतिहरूको धारणा लिएर केन्द्रीय समिति बैठकमा जाने पौडेलको तयारी छ ।

बाह्रखरीसँग कुरा गर्दै सभापति देउवानिकट सह-महामन्त्री प्रकाशशरण महतले फागुन १२/१३ मा मात्र बैठक बस्ने बताएका थिए । फागुन ७ देखि १० सम्म काठमाडौं मा १४औं महाधिवेशन गर्ने गत वर्षको पुष ११ गतेको केन्द्रिय समिति बैठकबाट घोषणा भएको थियो । आगामी १९ देखि कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल ५ वर्ष पूरा हुनेछ ।

देउवानिकट अर्का नेता रमेश लेखकले संविधानअनुसार साढे पाँच वर्षमा महासिधवेशन गरे हुने व्यवस्था रहेकाले संविधानअनुसार १४औं महाधिवेशन गर्ने बताएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ७ : ३४ बजे