९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपाको विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचनः आयोग



काठमाडौं ।

निर्वाचन आयोगले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचनको गतिविधिलाई तीव्र बनाएको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दललाई बोलाएर आचारसंहिताको बारेमा छलफल गरेको छ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेपछि त्यसमाथि छलफल गर्न बैठक बोलाइएको दलहरूसँगको छलफलपछि प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छौँ । दलका प्रतिनिधिले सुझाव प्राप्त भएको छ केही दलहरूले भोलिसम्म लिखितरूपमा दिने भन्नुभएको छ’ उनले भने, ‘त्यसपछि आचारसंहिता लागू हुन्छ ।

आयोगले प्रतिनिधिसभा विघटनपछिको विभाजित सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि छिट्टै समाधान गर्ने तयारी गरिरहेको उनले बताए । ‘आयोग दलहरूमा देखिएको समस्या छिट्टै निर्णय गरेर निकास दिने तयारी गरिरहेको छ’ उनले भने ।

दलको सुझाव आएपछि आयोगले आचारसंहिता लागू गर्ने उनले बताए । उनले सरकारले तोकको ०७८ वैशाख १७ र २७ गते निर्वाचन गराउनका आयोग सक्षम भएको दाबीसमेत गरे ।

आचारसंहितामा विगतको अनुभवलाई समेटेर परिमार्जित रूपमा लागू हुने बताए । दल दर्ताको विषयमा बोलाएको छलफलपछि नेकपा प्रचण्ड–माधव पक्षको पत्र प्राप्त भए पछि अध्ययन गरिरहेको समेत जनाए । ​

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ४ : ३८ बजे