९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीसंग जननिर्वाचित संसद विघटन गर्ने अधिकार छैन्ः अध्यक्ष केसी



मायादेवी अनलाइन, बुद्धभूमि ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भारतको आडमा हिन्दु राज्य कायम गर्ने उद्धेश्यले एकाएक पार्टीको विवाद मिलाउन नसकेर प्रधानमन्त्री केपी ओलीले जननिर्वाचित संसद विघटन गर्ने अधिकार अहिलेको संविधानमा नभएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा संसद विघटन गरेको विरोधमा शनिवार राखेको विरोध सभालाई सम्वोधन गदैं अध्यक्ष केसीले यस्तो कुरा बताउनुभएको हो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले कम्युनिष्ट पार्टी भित्र बहुमतको निर्णय लागु हुने बताउँदै पार्टिको विवादमा जननिर्वाचित संसद भारतको इशारामा एकाएक विघटन गर्न पाउने अधिकार नभएको बताउनुभयो ।

पार्टीका अलवा कुनै पनि विदेशीसँग भेटघाट गर्दा सार्वभौम संसद, विभिन्न राजनितिक दल, नागरिक समाज लगायतको राय नलिने प्रधानमन्त्रीको पछिल्लो कदम तानाशाही भएको नेता केसीको भनाइ छ ।

विरोध सभा अगाडी संसद विघटनका विरुद्धमा गोरुसिंगे बजारमा राष्ट्रिय जनमोर्चाका सयौं कार्यकर्ताले केपी ओलीको प्रतिगमन विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ७ : १३ बजे