९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाकी लक्ष्मी गैरेको आँखामा क्यान्सरः आर्थिक अभावका कारण उपचारमा समस्या



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु वाणगंगा नगरपालिकाकी लक्ष्मी गैरेको आँखामा क्यान्सर भएको छ । वाणगंगा ३ ठाटी निवासी गैरेको आँखामा क्यान्सर भएको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ ।

गैरेको केही समय पहिले आँखामा मासु पलाएको थियो । त्यसपछि चारनम्बरको जय भैरव आँखा अस्पतालमा गएर उनले जाच गराएकी थिइन् । चारनम्बरबाट शल्यक्रियाको लागि उनी भैरहवामा गइन् । आँखाको शल्यक्रिया गरे पछि रिपोर्टमा क्यान्सर देखिएको गैरेले बताएकी छन् ।

२३ बर्षीया गैरेको आँखामा क्यान्सर देखिएपछि उपचारमा आर्थिक समस्या देखिएको छ । उपचारमा अहिलेसम्म एक लाख भन्दा बढी खर्च भएको र अझै धेरै रकम लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

यता लक्ष्मी गैरेले भने सामाजिक संजाल टिकटक, फेसबुक लगाएतबाट आर्थिक रकम जुटाएकी छन् । अहिलेसम्म फेसबुक, टिकटक लगाएतका माध्यमबाट २५/३० हजार रकम जुटेको लक्ष्मीले मायादेवी संग बताइन् ।

‘अहिलेसम्म विभिन्न माध्यमबाट आर्थिक सहयोगको याचना गरेको छु र सहयोग गर्नुभएको छ उनले भनिन्’ आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।’

लक्ष्मीको आमा गिता गैरेले ग्लोबल आइएमइ बैंको खाता नम्बर ८६०७०१०००३९०७ मा आफु सक्दो सहयोग गरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७ शनिबार ००:००  ७ : ५६ बजे