मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा भोलिदेखि ४ गतेसम्म हुने महिला भलिवलको राष्ट्रिय भीडन्त ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ को लागि खेलाडीहरु आउने क्रम सुरु भएको छ ।
नगरको वडा नम्बर २ पिपरको हिलवर्ट इङलिस बोर्डिङ स्कुलमा दाङ, पोखरा, धरान लगायतबाट खेलाडी आइरहेका छन् । त्रिभुव आर्मीका टिम क्याप्टेन मनिसा खाँण र शान्ति चौधरी, आर्मीकै संगम महतो, सृष्टि भोजु, लुम्बिनी प्रदेशका कप्तान तथा एपिएफ खेलाडी पुजा चौधरी, सर्मिला नेपाली लगायतका राष्ट्रिय खेलाडी केही आएका स्कुलका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो ।
यस्तै खेल प्रशिक्षकहरु पनि आउने क्रममा छन् । केही खेलाडी भने शुक्रबार नै आएर अभ्यास गरिरहेका छन् । ७ टोलीले भाग लिएको च्याम्पियन्स लिग कम नकआउट फम्र्याटमा हुने छ । प्रत्येक टोलीमा विभागिय तथा राष्ट्रिय चर्चित खेलाडीको सहभागिता छ । आज साँझसम्म काठमाण्डौँको ब्लु डायमण्ड लगायतका सबै टिम आइपुग्ने विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डौँको न्यू डायमण्ड क्लव, पोखराको शान्ता भलिवल क्लव, बुटवलका एभरेष्ट र दीप स्कुल लगायतले प्रतियोगितामा भाग लिएका छन् । खेलाडीको लागि ३ दिनसम्म विद्यालयले खानबस्नको लागि विद्यालयमै व्यवस्था गरेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् प्रतियोगिता प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगिताको भोली विहान १० बजे प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नु हुने कार्यक्रम छ ।
प्रतिक्रिया