बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभा ऐतिहासिक हुने बताएका छन्। उनले सभामा २ लाख मानिस उपस्थित हुने दाबी गरे ।
सभाको बारेमा जानकारी दिन विहिवार बुटवलमा आयोजित कार्यक्रममा पोखरेलले भने ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ । जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ।’ बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एक लाख जनता उतार्ने पोखरेलले जानकारी दिए ।
पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताए । उनले प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गरे।‘प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो ।’ पोखरेलले भने ‘ प्रतिनिधि सभा विघटन परिस्थीतिको बाध्यताको रुपमा रहयो।’ उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले बुटवलमा मोटरसाइकिल ¥याली निकालेको छ। फागुन १ गते हुने सभाको प्रचारको लागि नेकपा ओली समुहका युवा विद्यार्थीहरुले मोटरसाइकिल ¥याली निकालेका हुन्।¥यालीको मुख्यमन्त्री तथा नेकपा ओली समुहका प्रदेश इन्चार्ज शंकर पोखरेले उद्घाटन गरेका थिए।
राजमार्ग चौराहबाट सुरु भएको ¥याली ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो। फागुन १ गते बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
२९ माघ २०७७ बिहिबार ००:००
94
Shares
प्रतिक्रिया