९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो



काठमाण्डौ ।

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गर्नु भएको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  १२ : ३२ बजे