मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ । पछिल्लो मतपरिणमा अनुसार मुख्य पदमा कडा टक्कर छ ।
एक समय अग्रता कायम गरेका बेलबासेले वैरियामा मत गुमाए पछि परिरहेका छन् । यो समाचार तयार पार्दासम्म लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे २२ मतले अघि छन् । अहिले चार नम्बरको मत गन्ने काम भइरहेको छ । आफ्नो प्रभाव क्षेत्र वैरियाबाट घिमिरेले खर्लप्पै मत पाए पछि उनको अग्रता धेरै बढेको थियो ।
अन्तिम नतिजा नआए पनि बेलबासेको पकड मानिएको चार नम्बरमा घिमिरेले बेलबासेका मत खोसेको विश्लेषण गरिन्छ । अझै केही पेटिका खोल्न बाकी रहेको समग्रमा ४० । ५० जतिको अन्तरमा डोलकराम घिमिरेले लिड गरिरहनु भएको छ । यी बाँकी पेटिकामा पनि बेलबासेको मत कम आएमा घिमिरेले जित्ने निश्चित हुने छ ।
त्यसपछि बोडगाउँको मत गन्ने काम सुरु हुने छ । चार नम्बरमा झिनो मतअन्तर भए र बोडगाउँमा बेलबासेले अधिक मत ल्याए प्रगतिशिलले अध्यक्षमा बाजी मार्ने छ भने बोडगाउँका भोट लोकतान्त्रिकले खोसेमा घिमिरेको जित निश्चित हुने आंकलन गरिएको छ ।
समग्रमा प्रगतिशिल भोट कमजोर देखिएको छ । वरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मीबाहेक अरुको नतिजा प्रतिस्पर्धात्मक तर कम छ । यसरी हेर्दा आठौँ नेतत्वको लागि भएको चुनावमा लोकतान्त्रिक प्यानलले बाजी मार्ने अनुमान गरिएको छ । यद्यपी गणना भने जारी छ ।
प्रतिक्रिया