९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

४ नम्बर र बोडगाउँको मत निर्णायकः गणना जारी, कसले बाजी मार्ला ?



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ । पछिल्लो मतपरिणमा अनुसार मुख्य पदमा कडा टक्कर छ ।

अघिल्लो नतिजामा ८० मतले पछि परेका प्रगतिशिलका टोप नारायण बेलबासेले यो समाचार तयार पार्दासम्म मतान्तर घटाएका छन् ।

बेल्वासे लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरेभन्दा २२ ले पछि छन् । घिमिरेले ५३५ र वेलवासेले ५१३ मत ल्याउनु भएको छ । अब सबैको चासो चार नम्बर र बोडगाउँमा छ । गणना भइ अब यी स्थानको नतिजा आउने क्रममा छ ।

यी स्थान घिमिरेको भन्दा प्रगतिशलका टोप नारायण बेलबासेको राम्रो प्रभाव क्षेत्र मानिन्छ । अब यी स्थानमा जसले बढी मत ल्याउँछ त्यसैको जित निश्चित हुने जनाइएको छ ।

बेलबासे पछि रहेको अवस्थामा यी स्थानमा पनि कम भोट आए बेलबासे पराजित हुने छन् । भने अन्य पदमा पनि लोकतान्त्रिकले बाजी मार्ने छ । अहिलेसम्मको नतिजा अनुसार प्रगतिशिल प्यानलबाट छवि रेश्मीबाहेक अन्य पदमा लोकतान्त्रिक नै अघि देखिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ८ : ३२ बजे