९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अधिकांश स्थानमा बदली, पानी पर्ने सम्भावना कति ?



काठमाण्डौँ ।
पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं। १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।

प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । उनले अनलाइनखबरसँग भने, ‘काठमाडौं उपत्यकामा बिहान १०(११ बजेपछि बादल लाग्ने छ र साँझ ५(६ बजेबाट पूरै हटेर जाने छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । तराईका केही भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ८ : १८ बजे