९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अध्यक्षसहितका प्रमुख पदमा कडा टक्कर [ताजा अपडेट] कसले कति मत ल्याए ?



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त नतिजा अनुसार प्रमुख पदमा कडा टक्कर देखिएको छ । जतिपटक नतिजा आउँछ त्यतिवटक एकले अर्कोलाई उछिन्ने गरेका छन् । भर्खरै गजेहडा र बोडगाउँको नतिजा आएको छ । प्राप्त नतिजा अनुसार प्रगतिशिल प्यानलका टोपनारायण बेल्वासेलाई लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरेले फेरि पछाडी पार्नु भएको छ । अध्यक्षसहित अरु प्रमुख पदमा पनि निकै टक्कर देखिएको छ । वरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मी र महासचिवमा मनोज पौडेलले अग्रता बनाइरहनु भएको छ । अब वैरिया, चार नम्बरको मत परिणाम आउन बाँकी छ ।
हेर्नुहोस् कसले कति मत ल्याए ?
अध्यक्ष
डोलकराम घिमिरेः ५१८
टोप नारायण बेल्बासे ४७२
वरिष्ठ उपाध्यक्षतर्फ
लक्ष्मण अधिकारीः ४३८
छवि रेश्मी मगरः ५०९

उद्योग (उपाध्याक्ष)तर्फ
कृष्ण सापकोटाः ४७५
तुल्सीराम घिमिरेः ४९५
बाणिज्य उपाध्यक्षतर्फ
खुमानन्द घिमिरेः ४९३
कृष्ण गैरेः ४६२
महासचिवतर्फ
मनोज पौडेलः ५५१
कुशल पौडेलः ४१२
सचिव
शंकर न्यौपानेः ४७३
कोपिल पौडेल (खिमानन्द)ः ४६७
कोषाध्यक्ष
बिनोद पन्तः ४७९
मनोहर गोगीः ४७७
सहकोषाध्यक्ष
यम बहादुर केसीः५१२
सेराज अहमदः ४२५

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ८ : ११ बजे