९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेकपा प्रचण्ड-माधव समुहले आज राजधानीमा विरोध सभा गर्दै



मायादेवी अनलाइन, चार नम्बर ।

नेकपा प्रचण्ड-माधव समुहले आज राजधानीमा प्रदर्शन गर्दै छन् । संसद पुर्नस्थापना र संवैधानिक नियुक्तिको बदर माग गर्दै आज राजधानीमा प्रदर्शन हुन लागेको हो । आज राजधानीमा बिभिन्न स्थानबाट विरोध जुलुस निस्कने बताइएको छ ।

सुरुमा वृहत प्रदर्शन गरेपछि नेकपा ओलीसमुहले माघ २३ गते नारायणहिटीमा प्रदर्शन गर्यो । त्यसैको जवाफस्वरुप आज काठमाण्डौँमा प्रदर्शन हुन लागेको हो । त्यसको लागि देशभरबाट नेता कार्यकर्ता काठमाण्डौँमा जम्मा भएका छन् ।

त्यसको पूर्वसन्ध्यामा स्वयंसेवकले मार्चपास गरेका छन् । नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौंमा प्रदर्शनसहित सभा गर्न लागेको हो।प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड(नेपालले बताएका छन्।

नेकपा प्रचण्ड–माधव समूहले बुधबारको प्रदर्शनपछि स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले संयुक्त आन्दोलनका लागि स्वेतपत्र जारी गर्ने तयारी गरेको हो ।

‘भोलिको जनप्रदर्शनपछि स्वेतपत्र जारी गर्ने गरी नागरिक अगुवाहरुसँग छलफल गर्दैछौं’, विष्णु रिजालले भने । उनका अनुसार, स्वेतपत्रमा उल्लेख गर्नुपर्ने विषयहरु नागरिक अगुवाहरुकै सुझावमा तयार पारिने भएको छ ।

विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित हुने भएको बताइएको छ ।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएसँगै उक्त क्षेत्र भएर हिड्ने सवारी ट्राफिक जाममा फस्ने भएको छ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्।त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।

प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए।

यसरी रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागिए पछि तीनैतर्फ र टुँडीखेल वरिवरिकै आवागमन पूर्णतः प्रभावित हुने भएको छ। ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानको ट्राफिकका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।ट्राफिक प्रहरीले र्‍यालीका बारेमा जानकारी पाइसकेको भन्दे आवश्यक सबै जनशक्ति केन्द्रीत हुने जानकारी दिएको छ।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ६ : ३८ बजे