९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

निर्वाचन ताजा अपडेटः मतपरिणाम अन्तिम चरणमा, अध्यक्षमा घिमिरे ८० मतले अघि




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि भएको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अब ३ स्थानको मत आउन बाँकी रहाँदा अध्यक्षमा लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरेको अग्रता देखिएको छ । ९ सय बढी मत गन्दा घिमिरेले ४४४ र वेलवासेले ३६४ मत ल्याउनु भएको छ ।

अहिले गजेहडाको मतगणना जारीछ । अव वोडगाउ र ४ नम्वरको मत सहित गजेहडाको मतको नतिजा थपिने छ । अध्यक्ष सहितका पदाधिकारीमा लोकतान्त्रिक प्यानलको अग्रता देखिएको छ । कडा प्रतिस्पर्धामा झिनो अन्तरले नतिजा आउने निर्वाचन समितिका सदस्य गुणानिधी भुसालले जानकारी दिनु भयो । करिव ९ सय मत गणना भई सकेको छ भने अव ६सय ५० मतको नतिजा आउन वाँकीछ । एसोसियट उपध्यक्षमा भने प्रगतीशिल प्यानलका विरेन्द्र खाण ७ मतले विजयी हुनु भएको छ ।

अरुको कति हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षतर्फ
लक्ष्मण अधिकारीः ३७६
छवि रेश्मी मगरः ३९०
उद्योग (उपाध्याक्ष)तर्फ
कृष्ण सापकोटाः ३७५
तुल्सीराम घिमिरेः ४२०
बाणिज्य उपाध्यक्षतर्फ
खुमानन्द घिमिरेः ४०६
कृष्ण गैरेः ३६९
महासचिवतर्फ
मनोज पौडेलः ४४७
कुशल पौडेलः ३३४
सचिवमा
शंकर न्यौपानेः ४०३
कोपिल पौडेल (खिमानन्द)ः ३६३
कोषाध्यक्षमा
बिनोद पन्तः ३९५
मनोहर गोगीः ३८७
सहकोषाध्यक्षमा
यम बहादुर केसीः ४०२
सेराज अहमदः ३६२

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  ५ : ३६ बजे