मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ ।
भर्खरै प्राप्त नतिजा अनुसार प्रगतिशिल प्यानलका टोपनारायण बेल्वासेलाई लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरेले पछाडी पार्नु भएको छ । ३५५ मत गनिसकिएकोमा १९ मतले घिमिरे अगाडि रहेको निर्वाचन समितिले जनाएको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षका प्रत्यासी डोलकराम घिमिरे १८७ र टोप नारायण बेल्बासे १६८ मत ल्याउनु भएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी १८९, छवि रेश्मी १५५, उद्योग (उपाध्याक्ष) कृष्ण सापकोटा १५७, तुल्सीराम घिमिरेको १८९ मत आएको छ । यस्तै बाणिज्य उपाध्यक्ष खुमानन्द घिमिरे (२०४) अगाडी रहनु भएको छ ।
उहाँको पछिपछि कृष्ण गैरेले १३८ मत ल्याउनु भएको छ । यस्तै एसोसिएट उपाध्यक्षमा बिरेन्द्र खाणको ३२, टोप नारायण भण्डारीको २४, महासचिवमा मनोज पौडेलको २०७ मत आउँदा कुशल पौडेलले १३२ मत ल्याउनु भएको छ ।
यस्तै सचिवमा शंकर न्यौपाने १८९ र कोपिल पौडेल (खिमानन्द) १४७ मत ल्याउनु भएको छ । कोषाध्यक्षमा मनोहर योगीले अग्रता कायम गर्दै १८४ मत ल्याउँदा बिनोद पन्तले १५० मत ल्याउनु भएको छ । अब गजेहडा ,पिपरा, बनगाई , वोडगाउको मत गन्न बाँकी छ भने जीतपुर र बैरीया क्षेत्रको मत गन्न बाँकी छ । यसअघि भलवाडको क्षेत्रगत सदस्य तर्फ यमलाल पाण्डे (कृष्णा) बिजय भएका छन् । कुल खसेको मत मध्ये पाण्डेको ४३ र उनका प्रतिस्पर्धी गोपाल गिरीको १९ मत प्राप्त भएको थियो ।
प्रतिक्रिया