मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ । भर्खरै प्राप्त नतिजा अनुसार प्रगतिशिल प्यानलका टोपनारायण बेल्वासेले अग्रता कायम गर्नु भएको छ । पहिलो मत गणनामा बेलबासेभन्दा घिमिरे अघि रहे पनि पछिल्लो नतिजामा बेलबासेले घिमिरेलाई उछन्नु भएको हो । अहिलेसम्म २०९ मत गणना हुँदा बेलबासेले १०६ मत ल्याउनु भएको छ । यस्तै घिमिरेको पक्षमा१०३ मत छ ।
वरिष्ठ उपाध्यक्ष तर्फ लक्ष्मण अधिकारीको १०७ मत आउदा छविलाल रेश्मीको ९२ मत आएको छ । उद्योग उपाध्यक्षतर्फ तुल्सीराम घिमिरेको १०९ मत आउदा कृष्ण सापकोटाको ९७ मत आएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै वाणिज्य उपाध्यक्ष तर्र्फ खुमानन्द घिमिरेको धेरै मत आएको छ । उहाँको १२५ मत आउँदा कृष्ण प्रसाद गैरेको ७६ मत मात्र आएको छ ।
यस्तै महिला उपाध्यक्षतर्फ ईन्दिरा तिमिलसेनाको १३१ मत आउदा प्रतिस्पर्धी शान्ती क्षेत्रीको ६२ मत आएको छ । यस्तै महासचिवतर्फ मनोज पौडेलको ११७ मत आउदा कुशल पौडेल ८० मत आएको छ ।
त्यस्तै कोषाध्यक्ष तर्फ मनोहर योगीको १२० मत आउदा प्रतिस्पर्धी बिनोद कुमार पन्थको ७६ मत आएको छ ।
सचिव तर्फ शंकर प्रसाद न्यौपानेको १०९ मत आउदा प्रतिस्पर्धी खिमानन्द पौडेलको भने ८९ मत आएको छ । अन्यको भने मत परिमाण आउने क्रम जारी रहेको छ ।
प्रतिक्रिया