मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वार्षिक रुपमा संचालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता फागुन १ देखि १७ सम्म संचालन गर्ने निर्णय भएको छ ।
आज व्यवस्थापन तथा निर्देशक समितिको बैठकले नगर स्तरिय राष्ट्रपति रनिङ् शिल तथा मेयर कप प्रतियोगिता संचालन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
प्रत्येक वर्ष विद्यालय तथा अन्य खेलकुदसंग सरोकार राख्ने महानुभावहरुको आवश्यकतालाई मध्य नजर गर्दै खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।
फागुन ५ गतेसम्म विभिन्न विद्यालयहरुको विचमा सबै वडाहरुमा खेलकुद सम्पन्न गर्ने योजना बनाइएको छ भने नगर स्तरिय फागुन १४ देखि १७ गतेसम्म नगरपालिकाको कार्यालय अगाडीको खेल मैदानमा गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता पवन कुमार चौधरीले जानकारी दिएका छन् । राष्ट्रपति कपको विभिन्न खेलकुदमा विद्यालयहरु सहभागी हुनेछन् भने मेयर कपमा विद्यालय तथा खुल्ला समूहहरु सहभागी हुने र फुटवल लगायतका खेलहरु हुनेछन् ।
खेलकुद संचालनको लागि नगर शिक्षा अधिकृत कृष्ण प्रसाद भट्राईको संयोजकत्वमा ११ सदस्यिय समिति बनको छ ।
त्यस्तै सामाजिक विकास अधिकृत अमृता पाण्डेयको संयोजकत्वमा ६ सदस्सीय प्राविधीक उप-समिति वनेको छ भने स्वास्थ्य प्राथामिक उपचार लगायतका काम गर्नको लागी स्वास्थ्य संयोजक खुविराम खनालको संयोजकत्वमा ५ सदस्सीय स्वास्थ्य उप समिति गठन भएको प्रवक्ता चौधरीले बताए । खेलकुदमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको नगर प्रमुख श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया