मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि मंगलबार भएको निर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ ।
१६ सय २५ मतदातामा रहेकोमा ९४ प्रतिशत मत खसेको छ । उद्योग वाणिज्य संघको कार्यक्षेत्र रहेको वाणगंगा नगरपालिकाको वडा ९ र १० अन्तरगत पटना र भलवाड बजार क्षेत्रमा लोकतान्त्रिक प्यानल अघि देखिएको छ । क्षेत्रगत सदस्यमा भलवाड र पटनामा जीत हासिल गरेको लोकतान्त्रिक प्यानलले अध्यक्ष सहित पदाधिकारीमा पनि अग्रता कायम गरेको छ ।
प्रारम्भिक नतिजा अनुसार लोकतान्त्रिक तर्फ अध्यक्षका प्रत्यासी डोलकराम घिमिरेले ४९ मत पाउदा प्रगतिशिल प्यानलका टोपनारायण वेल्वासेले ४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारीले ४६, छविलाल रेश्मी मगरले ४० मत प्राप्त गर्नुभएको छ भने उद्योग उपाध्यक्षमा तुलसीराम घिमिरेले ४९, कृष्ण सापकोटाले ३९ त्यसैगरी वाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरले ५१, कृष्ण प्रसाद गैरे ३६, महिला उपाध्यक्षमा इन्दिरा तिमिल्सीनाले ४३, शान्ता क्षेत्रीले ४० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महासचिवमा मनोज पौडेलले ४७, कुशल पौडेलले ३८, कोषाध्यक्ष पदमा विनोद पन्तले ४८ र मनोहर योगीले ३५ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।
सचिव पदमा शंकर न्यौपानेले ६०, खिमानन्द पौडेलले २७ मत प्राप्त गर्दा सह कोषाध्यक्षमा यम बहादुर केसीले ४० र सिराज अहमदले ४६ मत प्राप्त गर्नुभएको छ । अहिले कोपवा र ओदारी बजार क्षेत्रको मतगणना जारी छ ।
प्रतिक्रिया