९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रूपन्देहीमा युवतीको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिएको बस नियन्त्रणमा



बुटवल ।

सोमबार साँझ रूपन्देहीको तिलोत्तमामा स्कुटरलाई ठक्कर दिएर फरार रहेको लु १ ख ७१०८ नं. को बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको तिलोत्तमा ड्राईभर टोलमा सोमबार साँझ यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षिय पूजा गहतराजको मृत्यु भएको थियो।

भैरहवाबाट काकडभिट्टाका लागि छुटेको उक्त बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि फरार थियो। स्कुटरलाई ठक्कर दिएर फरार बसको तत्काल नं। पत्ता नलागे पनि घटनास्थलमा रहेका स्थानीयको बयानको आधारमा सुनवल प्रहरीले पश्चिम नवलपरासीको सुनवलबाट नियन्त्रणमा लिएको हो।

बसलाई सोमबार साँझ नियन्त्रणमा लिईएको र मंगलबार ईलाका प्रहरी कार्यालय बुटवलमा पठाईएको छ। अहिले बस र चालक ईलाका प्रहरी कार्यालय बुटवलमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
रूपन्देहीका विभिन्न विद्यालयमा नृत्य प्रशिक्षण दिँदै आएकी कलाकार पूजा गहतराज स्कुटरमा भैरहवाबाट बुटवल आउँदै थिईन्।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल भैरहवा ६ लेन सडकखण्ड अन्तर्गत ड्राइभरटोलमा उनी सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाईते भएकी गहतराजको सोमबार राति नै उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल वडा नं। ६ चाँदवारीकी गहतराज नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत हुन्।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  २ : ४२ बजे