मायादेवी अनलाइ, चारनम्बर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला अध्यक्षमा विष्णु पन्थीले जिम्मेवारी पाउने टुंगो लागेको छ ।
प्रचण्ड–माधव समूहले प्रदेश सांसद समेत रहनुभएका पन्थीलाई जिल्ला अध्यक्ष बनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको जनाइएको छ ।
अब बस्ने स्थायी कमिटीको बैठकले नेता पन्थीलाई छिट्टै अध्यक्षमा नियुक्त गरेको सार्वजनिक गर्ने बताइएको छ ।
विकास प्रेमी नेताका रुपमा परिचित पन्थीलाई अध्यक्षको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएपछि बधाईको ओइरो लागेको छ ।
पद, प्रतिष्ठा भन्दा विचारको राजनीति गर्दै आउनुभएका उहाँ अनेरास्ववियूका पूर्व केन्द्रिय नेता हुनुहुन्थ्यो भने तत्कालिन (एमाले)को केन्द्रिय लेखा आयोग सदस्यमा रहेर काम गर्नुभएको थियो ।
पार्टी एकता पश्चात पार्टीको घोषित जिम्मेवारी नपाउनु भएका नेता पन्थीलाई अहिले जिल्ला अध्यक्षको जिम्मेवारी दिन लागिएको हो ।
पार्टी भित्रको चरम गुटबन्दीको सिकारमा पर्नुभएका उहाँलाई आम नेकपाका नेता तथा कार्यकर्ताले लुम्बिनी प्रदेशको अर्थमन्त्रीको रुपमा पनि हेरेका थिए । तर, ओली समूहले नेता पन्थी प्रचण्ड–नेपालमा भएकै कारण अर्थमन्त्री बनाएको थिएन् ।
नेकपा विभाजनसंगै तत्कालिन जिल्ला अध्यक्ष झविलाल पोख्रेल ओली समूहमा गएपछि जिल्लामा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) ले पार्टी सम्हाल्दै आउनुभएको छ ।
प्रतिक्रिया