मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि भोलि (मंलबार) हुने चुनावमा अध्यक्षका उम्मेदवार टोप नारायण बेलबासेले आफ्नो प्यानलाई जिताउन आग्रह गर्नु भएको छ ।
चुनावी प्रचारप्रसार सकेर भोट खसाल्न अब १२ घण्टा मात्र बाँकी हुँदा अध्यक्षका प्रत्यासी बेलबासेले आफ्नो प्यानलाई जिताउन मतदातालाई आग्रह गर्नु भएको हो । सोमबारसम्म घरदैलो सकेर चुनावी नतिजाको पर्खाइमा रहनु भएका बेलबासेले आफ्नो जित सुनिश्चित भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘भोलीको चुनाव केवल औपचापरकताको लागि मात्र हो । चुनाव हामीले जितिसक्यौँ । हाम्रो प्यानल नै विजयी भइसक्यो । यत्ति भनूँ त्यो चुनावपछिको नतिजाले देखाउने छ । त्यसका निश्चित आधार छन् ।’
बेलबासेले भावनामा बगेर मागिएको भोटले चुनावमा काम नगर्ने जिकिर गर्नुभयो । ‘साथीहरुले भावनामा बगेर भोट मागिरहनु भएको छ । एक प्रकारले त्यो ठिक होला । तर संस्थागत विकासको लागि बोल्ड डिसिजन गर्ने हुनुपर्दछ । हाम्रो प्यानलमा त्यो क्वालिटीका जोशिला युवाहरु हुनहुन्छ’ त्यसको उदाहरणको रुपमा उमानाथ जिलाई नै लिन सकिन्छ । उहाँको त्यो क्यारेक्टरले कपिलवस्तु उद्योग बाणिज्य संघ आज मुलुकमै चिनिन्छ’ उहाँले भन्नुभयो । बेलबासेले भावनामा नबगिकन आफ्नो मताधिकार प्रयोग गर्न पनि मतदातालाई अन्तिम आग्रह गर्नुभयो ।
आफूले स्थापना कालदेखि नै ब्यवसायीको हकहितमा काम गरेको भन्दै कुनै भावना र द्धिविधामा नरहेर आफूलाई जिताउन बेलबासेले मतदातालाई आग्रह गर्नुभयो । कपिलवस्तु उद्योग बाणिज्य संघलाई अब कस्तो बनाउने भन्ने भन्ने कुरा मतदाताको हातमा रहेकाले सही, इमान्दार र क्षमतावान् व्यक्तिलाई जिताउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय नेकपाभित्र विवादित बनाउने गरी विपक्षीहरु चुनावमा लागेको आफूले थाहा पाएको भन्दै आफू नेकपाको रहेको तर ओली या प्रचण्ड माधव कुनै गुटमा नरहेको पनि उहाँले प्रष्ट्याउनु भयो ।
उहाँले भन्नुभयो ‘हार्ने सुनिश्चित भइसकेपछि अरु केही नपाएर विपक्षीहरु ओलीसमुहतिर गएर बेलबासे प्रचण्ड-नेपालतिरको हो भन्ने र दाहाल–नेपालतिर गएर ओलीसमुहको हो भन्ने खालको चलखेल सुनिन्छ । तर फेरि भन्दछु म नेकपाको हो । कुनै समुहको होइन ।’ उहाँले आफूलाई जिताउन नेकपा कपिलवस्तु एक ढिक्का भएको समेत बताउनु भयो ।
भोली हुने चुनावको लागि मतदाताको अन्तिम नामावली पनि प्रकाशन भएको छ ।चुनावको लागि निर्वाचन समितिले पनि तयारी पुरा गरेको छ । संघमा ३५ पदको लागि ६३ जनाले उम्मेदवारी दिएका छन् । भोली नै रातिसम्म चुनावको नतिजा आउन सक्ने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया