१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको चार नम्बरमा राखियो ‘डमी’ प्रहरी, दुर्घटना न्यूनीकरणको उद्धेश्य



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको चार नम्बर चोकमा ‘डमी’ प्रहरी राखिएको छ । मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरणको लागि भन्दै एक कार्यक्रमका बिच चार नम्बर चोकमा ‘डमी’ प्रहरी राखिएको हो । नागरिकमा ट्राफिक नियमको पालना गराउन यस अभ्यासले सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्र अर्यालले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले नगरका बिभिन्न स्थानमा डमी प्रहरी राख्ने योजना रहेको बताउनु भयो ।

यसबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको छ । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री लगायतको सहभागिता थियो ।

चार नम्बरका स्थानीय समाजसेवी दिलिप कार्कीले यसबाट नागरिकमा ट्राफिक नियम सम्बन्धि थोरै भए पनि जागरण आउने बताउनु भयो ।

। लुम्बिनी प्रदेश प्रहरीले प्रदेशका बिभिन्न दुर्घटनाको सम्भावना भएका ठाउँमा ‘डमी’ प्रहरी राख्ने गरेको छ ।

यसै अनुसार बाणगंगाको चार नम्बरमा पनि यो अभ्यास गरीएको हो । सर्वसाधारणले पनि यस अभ्यासलाई राम्रो मानेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७ सोमबार ००:००  ११ : ३४ बजे