काठमाडौं ।
काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको हो ।
दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको मौसम सफा रहने छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको बताएको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेका छन् । यद्यपि अब विस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ ।
यो वर्ष पश्चिमी सक्रिय वायु ढिलो नेपाल प्रवेश गरेका कारण माघको अन्तिमसम्म पनि जाडो रहेको छ । शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा पानी परेका कारण अब भने विस्तारै जाडो हट्ने मौसमविद् श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया