१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

म्यानचेस्टर सिटीले लिभरपुललाई आफ्नै मैदानमा हरायो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले उपाधि यात्रामा महत्वपूर्ण जित दर्ता गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै मैदानमा ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर दोस्रो हाफमा सिटीले चार तथा लिभरपुलले एक गोल गरेको हो ।

सिटीका लागि इल्केयी गुण्डोगानले ४९ र ७३ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै ७६ औँ मिनेटमा रहिम स्ट्रर्लिङ्ग र ८३ औँ मिनेटमा फिल फोडिनले गोल गरेका हुन् । लिभरपुलका लागि ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहम्मद सालहले एक गोल फर्काए ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ खेलबाट ५० अंक भएको छ । पराजित भएको लिभरपल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटीले अंक दूरी कम गर्ने मौका गुमायो ।

लेस्टर सिटी वुल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको हो । २३ खेलबाट लेस्टरको ४३ अंक छ भने ४५ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ माघ २०७७ सोमबार ००:००  ७ : १९ बजे