काठमाडौं ।
राधा कृष्ण मन्दिर निर्माणमा सहयोगार्थ दाङको घोराही ७ सौडियार घुस्रामा आयोजित महायज्ञको आयव्यय आज सार्वजनिक गरिएको छ ।
महायज्ञबाट आम्दानी जम्मा छब्बिस लाख उन्तीस हजार एक सय बाउन्न र खर्च तर्फ पन्ध्र लाख आठ हजार तीन सय एक्काइस रुपैया भएको महायज्ञ मुल आयोजक समितिका संयोजक खोपेन्द्रराज शर्माले बताए ।
महायज्ञका दाता पहिचान समितिका संयोजक भिमप्रकाश खड्काले महायज्ञबाट जम्मा बचत एघार लाख दुई हजार आठ सय तीस मात्र भएको जानकारी दिए ।
प्रतिक्रिया