मायादेवी अनलाइन, चारनम्बर ।
बुटवल लेडी जेसिज बर्ष वर्ष २०२० की अध्यक्ष कल्पना कुसुमले पद हस्तान्तरण गर्नु भएको छ । महिला अधिकारकर्मी ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा बुटवलमा भएको २५ औं पदस्थापन तथा सम्मान कार्यक्रमबाट कुसुमले वर्ष २०२१ का अध्यक्ष शर्मिला रानालाई नेतृत्व हस्तान्तरण गर्नु भएको हो ।
नेपाल जेसिज बर्ष २०२१ को लागि राष्ट्रिय उपाध्यक्ष बन्न सफल रहनु भएकी कुसुमले पदहस्तान्तरणसहित नयाँ नेतृत्वलाई सपथ पनि खुवाउनु भएको छ । सपथ ग्रहण गर्दै रानाले अब समुहमा काम गरी जेसिजका सपना पुरा गर्नेतर्फ लाग्ने बताउनु भयो । यस अघि भएको लेडी जेसिजको निर्वाचनले शर्मिला रानाको अध्यक्षतामा वर्ष २०२१ का लागि नयाँ समिति चुनि सकेको छ भने रानाले अरु केही ब्यक्तिलाई पनि मनोनित गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै को प्रमुख अतिथि रानाले महिलाहरु अब बोल्ड बनेर निस्कनु पर्ने बताउनु भयो । महिलाहरु अब विचराको पात्र बन्न नहुने भन्दै त्यसलाई चिर्न बोल्ड अर्थात् हरेक कुरामा सक्षम भएर अगाडी बढ्नु पर्नेमा उहाँले मार्गदर्शन गर्नुभयो । नेतृत्व तथा ब्यक्तित्व विकासका लागि जेसिजले महत्वपूर्ण भएको बताउँदै त्यसमा उत्साहजनक रुपमा बुटवलका महिला सहिभागिता उदाहरणीय रहेको उहाँले बताउनु भयो ।
महिलाको कमजोरी नाटक गर्नु रहेको बताउँदै नाटक अर्थात् ड्रामा गर्ने परिपाटी त्यागेमा महिला धेरैहदसम्म माथि पुग्न सक्न भन्दै उहाँले सबैलाई उत्प्रेरणा प्रदान गर्नुभयो ।सो अवसरमा उत्कृष्ट महिला पुरस्कारबाट दुर्गा गुरुङ्गलाई सम्मान गरिएको थियो भने वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने पत्रकार, संचारकर्मी तथा ब्यक्रिहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो । यसैबीच कुसुमले मायादेवी अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेलाई पनि कदर पत्रले सम्मान गर्नु भएको छ । आफ्नो कार्यकालमा न्यौपानेले संचार क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले सम्मान गर्नुभएको हो ।
जेसिजका पुर्व अध्यक्ष लक्ष्मी थापाको संचालनमा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, जेसिजका महासचिव अनुपमा श्रेष्ठ, हिराबहादुर भलामी लगायतले बोल्दै नेतृत्व र ब्यक्तित्व विकासमा जेसिज संस्थाको भूमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा बोल्नेहरुले बुटवल लेडी जेसिजमा कल्पना कुसुमको कार्यकाल पूर्ण रुपमा सफल भएको भन्दै प्रसंसा पनि गर्नुभयो ।
प्रतिक्रिया