मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री चक्रपाणि खनाल ‘वलदेवले’ प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध लाग्न विद्यार्थीको अहम भूमिका रहेको बताउनुभएको छ ।
अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको आयोजनामा शनिबार भएको बृहत विद्यार्थी तथा युवा भेलालाई सम्बोधन गर्दै नेता खनालले ओली समूहलाई जित्ने लक्ष्य नभई देशनै जित्ने उद्देश्य लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेता खनालले विभिन्न खालका राजनितिक उतार–चढाव आएपनि अब देश हाक्ने ओलीको सामथ्र्य विस्तारै हराउँदै गएको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा नेता तथा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले सत्ताको राप र तापमा रहेको ओली पक्षका अगाडि आत्तिन नहुने भन्दै बैचारिक बहसको आवश्यकता रहेको बताउनुभयो । उहाँले अब केही दिन केही संकट आइ परे पनि त्यो जित अब धेरै पर नरहेको उहाँले बताउनुभयो ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमन विरुद्ध डटेर लाग्न युवा तथा विद्यार्थीलाई आग्रह गर्नुभयो । संसद विघटन गरेर सरकारले प्रतिगामी कदम चालेको भन्दै त्यसलाई पराष्त गर्न सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अनेरास्ववियूका नेता आरती लामाले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली सिंगो कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अगाडी रहेको आरोप लगाउनुभयो । नेपालको विद्यार्थी आन्दोलनले विभिन्न महत्वपूर्ण उपलब्धी हासिल गरेको भन्दै अहिले प्रतिगमन विरुद्ध डटेर लाग्ने र त्यसपछि शैक्षिक आन्दोलनलाई अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियूका नेता नारायण खनाल, पूर्व स्ववियु सभापति शुसिल पौडेल, युवा नेता शिव बन्जाडे लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेकपाका युवा नेता कमल भट्टराईको अध्यक्षता र सिद्धार्थ क्याम्पसका स्ववियु सभापति तथा विद्यार्थी नेता सुशील खत्रीको सञ्चालनमा सम्पन्न भएको भेलाबाट दिपक अनुरागी संयोजक, हरिषचन्द्र खनाल सह–संयोजक रहेको अनेरास्ववियूको जिल्ला सम्मेलन आयोजक कमिटी र शिव बञ्जाडे संयोजक रहेको राष्ट्रिय युवा संघको जिल्ला कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया