१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उद्योग वाणिज्य संघको अधिवेशनको तयारी पुरा, महासंघका अध्यक्ष शेखर गोल्छाद्धारा उद्घाटन हुने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको ३४ औं नियमित वैठक संघको सभाहलमा सम्पन्न भएको छ । वैठकले संघको माघ २३ र २४ गते आयोजना हुने १४ औं साधारण सभा तथा ७ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ ।

संघका अध्यक्ष उमानाथ पौडेलको नेतृत्वमा गठित कार्यसमितीको आज बसेको अन्तिम वैठकले साधारण सभा र अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । हालै निर्वाचित महासंघका अध्यक्ष शेखर गोल्छाले कपिलवस्तु उद्योग वाणिज्य संघको साधारण सभाको उद्घाटन गर्नुहुने बताइएको छ ।

साधारण सभाको लागि आवश्यक सवै तयारी विषयगत समितिले पुरा गरेको वैठकमा जानकारी गराइएको छ । साधारण सभा र अधिवेशनलाई भब्य बनाउन विषयगत समिति सकृय भएका छन् । संघले विधान संशोधन, निर्वाचन समिति, मताधिकार, मनोनयन दस्तुर, प्रतिवेदन तयारी, अतिथी सत्कार, कार्यक्रम व्यवस्थापन लगाएतका सम्पूर्ण कामको तयारी पुरा गरेको संघका महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

वैठकमा संघका अध्यक्ष उमानाथ पौडेलले वर्तमान कार्यसमिति, सल्लाहकारको निरन्तर लगाव र सहयोगले कपिलवस्तु उद्योग वाणिज्य संघले सफलता हासिल गरेको बताउनु भएको छ । उहाँले संघको सर्वोत्तम हितमा आफु सदैव लागिरहेको बताउदै त्यसका लागि बर्तमान टिमको सदैव सहयोग स्मरण योग्य रहेको जानकारी दिनुभयो ।

उहाँले संघको अवको नेतृत्वको लागि प्यानल बनाएर हिडेपनि अन्तिम समयसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर संघलाई साझा संस्था बनाउनुपर्ने जोडदिनुभयो । अध्यक्ष पौडेलले अन्तिम समय सम्म सर्वसम्मत नेतृत्व चयनका लागि आफु सहित संघका पूर्व अध्यक्षहरु, सल्लाहकार कृयाशिल रहेको समेत बताउनुभयो ।

वैठकले हालै महासंघले उद्योग वाणिज्य परिषद् गठन गरी अध्यक्ष उमानाथ पौडेललाई सदस्यमा मनोनित गरेकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको संघका प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिनुभयो ।

संघले समयलाई सधै पालना गर्दै आएकाले भोलि पनि निर्धारित समयमै साधारण सभा तथा अधिवेशन संचालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७ बिहिबार ००:००  ८ : ४३ बजे