११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पक्राउ परेका खनाल र पाण्डे रिहा



विक्रम विश्वकर्मा, तौलिहवा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आह्वान गरेको आमहड्तालाई सफल बनाउदै हिडेका नेकपा कपिलवस्तुका कार्यक्रता रिहा भएका छन। बन्दको आह्वान गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कपिलवस्तुका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएर रिहा गरेको छ । सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र विद्यार्थी नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पाण्डे र खनाललाई नियन्त्रणमा लिएको र साझँ विना सर्त रिहा गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भएको छ। जिल्लामा कुनै किसिमको अप्रिय घटना नभएको पनि प्रहरी उपरीक्षक भण्डारीले बताउनु भयो। जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दैै सम्भावित ठाउँमा सुरक्षाकर्मी तैनाथ गरीएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई विना सर्त तुरुन्त रिहाई गर्नु पर्ने भन्दै नेकपा कपिलवस्तुले विज्ञप्ती जारी गरेको थियो । बन्दको कारण जिल्लाको सदरमुकाम तौलिहवामा आंशिकरुपमा प्रभाव परेको थियो भने अन्य प्रमुख बजार चारनम्बर जीतपुर, बनगाई, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायत क्षेत्रमा भने बन्दको पूर्णरुपमा प्रभाब परेको थियो ।

No description available.

प्रकाशित मिति : २२ माघ २०७७ बिहिबार ००:००  ५ : ५२ बजे