११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रचण्ड-नेपाल पक्षको बन्द प्रभावः कपिलवस्तुमा २ जना पक्राउ



विक्रम विश्वकर्मा, तौलिहवा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । बन्दको आह्वान गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका कपिलवस्तुका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ । सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र अनेरास्ववियु नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । बन्द सफल बनाउन हिडेका पाण्डे र खनाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक भर्मराज भण्डारीले बताउनु भएको छ । जिल्लामा अहिलेसम्म कुनै किसिमको अप्रिय घटना नभएको प्रहरी उपरीक्षक भण्डारीले बताउनु भयो । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दैै सम्भावित ठाउँमा सुरक्षाकर्मी तैनाथ गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नियन्त्रणमा लिएका पाण्डे र खनाललाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई विना सर्त तुरुन्त रिहाई गर्नु पर्ने नेकपा कपिलवस्तु र अनेरास्ववियूले माग गरेको छ । बन्दको कारण जिल्लाको सदरमुकाम तौलिहवामा आंशिकरुपमा प्रभाव परेको छ भने अन्य प्रमुख बजार चारनम्बर जीतपुर, बनगाई, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायत क्षेत्रमा भने बन्दको पूर्णरुपमा प्रभाब परेको छ । त्यस्तै पूर्व पश्चिम महेन्द्र राजमार्गमा विहानै देखि कुनै सवारी साधन चलेका छैनन । एम्बुलेन्स, खानेपानी, दमकल, जस्ता अत्यावश्यक सवारी साधन भने चलेका छन् ।

No description available.
No description available.No description available.No description available.

प्रकाशित मिति : २२ माघ २०७७ बिहिबार ००:००  २ : २५ बजे