८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गयो



इलाम ।

इलाम मा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ । माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २० माघ २०७७ मंगलबार ००:००  १२ : १८ बजे