एजेन्सी ।
म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने जनाइएको
म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ ।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।
म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।
प्रतिक्रिया