८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङको कोइलाबास नाका खुला, हेल्थडेस्क स्थापना गरिँदै



दाङ ।

कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामको लागि सरकारले बन्द गरेको भारतसँग जोडिएको दाङको कोइलाबास नाका खुला गरिएको छ । कोरोना भाइरस नेपाल भित्रिन नदिनको लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि नेपालमा लकडाउनको घोषण गरेर नेपाल भारत सीमाक्षेत्र प्रवेशद्वारमा आवतजावतमा रोक लगाएको थियो ।

करिब दश महिनापछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो । लामो समयसम्म नाका बन्द हुँदा जीवन थप कष्टकर बन्दै गएको स्थानीय खालकी सिद्धिकिले कोइलाबास नाका खुला भएसँगै जनजीवन सहज भएको जानकारी दिनुभयो । कोभिड १९ को कारण लगातार आठ महिना लामो समयसम्म बन्द रहेको नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन स्थानीयहरुले माग गर्दै आइरहेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले नाका बन्दका कारण स्थानीयले निक्कै पीडा खेप्नु परेको जानकारी दिनुभयो ।दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले स्थानीय पालिकाले कोइलाबास नाकामा तुरुन्तै हेल्थडेस्क स्थापना गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ माघ २०७७ सोमबार ००:००  २ : १४ बजे