८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

वाणगंगा सामुदायिक पुस्ताकालयको चौथो साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा सामुदायिक पुस्ताकालयको चौथो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा साहित्यक ब्यक्तीत्व पार्वती शर्मालाई सम्मान गरिएको छ । विभिन्न कृति प्रकाशन गर्दै साहित्य क्षेत्रमा योगदान पुरयाएको भन्दै शर्मालाई सम्मान गरिएको हो ।

यस्तै कार्यक्रममा राम्रो कार्य गरेको भन्दै राधिका आचार्यलाई पनि सम्मान गरिएको छ । साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दे प्रमुख अतिथी सामाजिक विकास डिभिजन कार्यलय प्रमुख नरेन्द्र बेल्वासेले अब प्रत्येक नगरपालिकाले एउटा पुस्ताकालय बनाउनुपर्ने बताउनुभयो । पुस्तकको अध्यनन गर्दा धर्म, साहित्य तथा इतिहासको ज्ञान हुने भन्दै नेपाल सरकारले पनि पुस्ताकालयको नीति लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्राइले सामुदायिक पुस्ताकालयको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नगरपापिलकाको शिक्षा शाखाबाट हुने हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, विष्णु घर्ती, बालाराम ज्ञवाली, राजेन्द्र विक्रम शाहले बोल्दै पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम अध्यक्षदिलिप कार्कीको अध्यक्षता, उपाध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तब्य र सचिव धर्मरामज घिमिरेको संचालनमा सम्पन्न भएको हो । यस्तै पुस्ताकालयको अधिवेशन पनि आजै हुदैछ । अधिबेदनको अहिले बन्द सत्र सुरु भएको छ । जारी बन्द शत्रपछि पुस्ताकालयले नया नेतृत्व पाउने छ ।

प्रकाशित मिति : १९ माघ २०७७ सोमबार ००:००  १ : ४७ बजे