७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रचण्ड-नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक, होला त ओलीलाई कारबाही ?



काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

केन्द्रीय सदस्यलाई बैठकबारे जानकारी गराउन पठाइएको सूचनामा भने पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ । ‘पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। अरू एजेण्डाबारे कुनै जानकारी गराइएको छैन, एक केन्द्रीय सदस्यले भने, केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी बैठकको निर्णय अनुमोदनका लागि पेश हुन्छन् । त्यो मध्ये केपी ओलीलाई कारबाही गर्ने निर्णय पनि एक हो ।’

केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ । निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णय समेत गरेको छ । ४ सय ४१ जनामध्ये आफूहरुसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ ।

प्रकाशित मिति : १९ माघ २०७७ सोमबार ००:००  ६ : ०७ बजे