काठमाडौँ ।
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो ।
आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए । आर्मीलाई जित दिलाउन आर्मीमा बिक्रम शोव,जितेन्द्र मुखिया र शाहव आलमले तीन–तीन तथा सुशान भारीले एक विकेट लिए । जितसँगै विजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।
प्रतिक्रिया