एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल लेभान्टेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार टार्न सकेन । खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल दबाबमा परेको थियो ।
खेलको १३औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । ३२औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७८औँ मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २–१ को जित दिलाए ।
त्यसअघि खेलको ६४औँ मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् । हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ । पछिल्लो जितपछि लेभान्टे २६ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया