बुटवल ।
बुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको पहिलो वित्तीय संस्था बुद्धज्योति लघु वित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भक्तबहादुर खड्कालाई नियुक्त गरेको छ । संस्था सञ्चालक समितिको यही माघ १३ गते सम्पन्न वैठकले खड्कालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको अध्यक्ष गोबिन्द पाण्डेले जानकारी दिए । खड्का यसअघि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी प्रमुख,नायब प्रमुख कार्यकारी अधिकृत पदसहित पछिल्लो १० वर्ष र त्यसअघि लघु वित्त वित्तीय संस्थामै ७ वर्ष गरी १७ वर्ष लामो बैंकिङ अनुभवप्राप्त सफल बैंकर हुन् ।
बैंकिङ क्षेत्रमा आर्थिक सुशासनका पक्षमा पहिचान बनाएका खड्कालाई स्वाभिमानी बैंकर समेत मानिन्छ । खड्काको नियुक्तिले कोरोना महामारी र मर्जर प्रकृया असफल भएका कारण अपेक्षाकृत प्रगति गर्न नसकेको संस्थाले छिट्टै गति लिने सञ्चालक समितिले विश्वास लिएको छ । पदभार सम्हाले लगत्तै खड्काले निकट भविष्यमै संस्थाको वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउने,शाखा सञ्जाल विस्तार गर्ने र उपयुक्त लघु वित्त संस्थासंग मर्जरमा जाने वा प्राप्ती गर्ने ऐजेण्डालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । लुम्बिनी प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको संस्थाको चुक्ता पुंजी १ करोड २० लाख रहेको छ ।
प्रतिक्रिया